सर्वोच्चको फैसला विपक्षी दलद्धारा सम्मान

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । प्रमुख विपक्षी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको सम्मान गरेको छ ।

सत्तापक्ष सर्वोच्चको आदेश मान्न तयार भए संसद अवरोध खुलाउन दलहरु तयार हुने बैठको प्रतिक्रिया छ ।

सिमांकनको हेरफेर सम्बन्धि प्रदेश सभालाई दिएको आदेश आफ्नो पार्टीले उठाउँदै आएको मुद्दासँग मेल हुन आएको भन्दै बैठकले त्यसको सम्मान गर्ने बताइएको छ ।

बैठकले सोही अनुसार अन्य दलहरुसँगको छलफल अघि बढाएको छ ।

संसद बैठक १ बजेको लागि बोलाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट