हेलिकोप्टरमा संक्रान्ति बजार पुगे प्रधानमन्त्री

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । आगलागी पीडितहरुको अवस्था अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार तेह्रथुमस्थित आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजार पुगेका छन् ।

दाहाल देशका विभिन्न भागमा विकास आयोजना लगायतका स्थलहरु अवलोकन गर्ने क्रममा संक्रान्ति बजार पुगेका हुन ।

गत पुस १ गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगलागी हुदा ३२ घर जलेर नष्ट भएका थिए भने ३२ घरपरिवारसंगै २७ परिवार डेरावालहरु प्रभावित भएका थिए ।

हेलिकोप्टरमा अवलोकनका लागि पुगेका दाहालले त्यहाँ राहतको प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

संक्रान्ति बजार पछि उनी झापाको दक्षिणी गाविस बनियानी पुग्ने कार्यक्रम छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट