रातो नम्बरबाट फोन आउँदा दुई जना घाइते

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १८ पुस । आइतबार मकवानपुरको फापरबारीमा रातो नम्बर बाट फोन आउँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा फापरबारी ७ बस्ने ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह साढे चार बजे रातो नम्बरबाट फोन आएको र फोन उठाउन नपाउदै बिहोस भएको बुझिएको छ । उनलाई फापरबारी बजारस्थित एक मेडिकलमा स्लाइन पानी दिइ उपचार भैरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी हवल्दार राजेश प्रसाद सिंहले बताए ।

प्रहरीका अनुसार बिहान पनि एक जना बेहोस भएको र उनको पनि उपचार भैरहेको उनको भनाइ छ ।

रातो नम्बरबाट फोन आउदा साच्चिकै घटना हुन्छ या मान्छेको भ्रम मात्र हो भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट