आजको बैठक पनि निष्कर्ष विहीन

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १८ पुस । आज सिंहदरवारमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विना नै सकिएको छ । राजनीतिक गतिरोधको अन्त्यको प्रयासमा बसेको शीर्ष नेताहरुको बैठकमा आफ्नो अडानबाट पछि नहटेपछि सहमतिमा पुग्न नसकेका हुन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान कायामै राखेका थिए । उनले भने ‘प्रस्ताव फिर्ता भए सहमति हुन्छ’ । यस्तै गरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास भइरहेको बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट