जंगलमा भेटियो दुई बोरा बिस्फोटक पदार्थ

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १८ पुस । गोरखाको स्वाँरा गाविस वडा नम्बर ९ को थला जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा बिस्फोटक पदार्थ फेला परेको छ ।

उक्त स्थानमा कुहिएको दुई बोरा डेटोनेटर र तारहरु फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार दिउँसो स्थानियहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि तत्काल नै प्रहरीले बोराभित्र रहेको बिस्फोटक पदार्थ नियन्त्रणमा लिएको छ ।

उक्त बिस्फोटक पदार्थ द्वन्द्वकालमा माओवादीले लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस स्थानमा दुई वर्ष अघिपनि गोठाला गएका दुई बालबालिकाले बेवारिसे अवस्थामा रहेको बिस्फोटक पदार्थ खेलाउँदा  घाइते भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट