पिकनिकबाट फर्किदै गरेको बस दुर्घटना

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

बारा, १८ पुस । हेटौंडाको शहीद स्मारकबाट सर्लाहीको परवानीपुर फर्किदै गरेको एक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको दुधौरा खोलाको पुलबाट खस्दा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा ४० भन्दा बढी बालबालिका घाइते भएका छन् ।

नयाँ वर्षको अवसरमा पिकनिक खाएर सर्लाहीको परवानीपुर फर्किदै गरेको अवस्थामा आइतबार राति ना ३ ख ७६६८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी मुत्यु हुनेमा सर्लाही परवानीपुर वडा नम्बर १ का १५ वर्षीया रबिना बज्यु र वडा नम्बर ५ का २० वर्षीय सन्देश बस्नेतको मुत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको ट्राफिक प्रहरी र नेपाल प्रहरीले उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बसमा सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी पिकनिक गएका थिए । दुर्घटनाबारे सिमरा इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट