तीन दलका शीर्ष नेताबीच वार्ता

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १८ पुस । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच वार्ता सुरु भएको छ ।

वार्तामा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

आज आयोजित बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ ।

आइतबार माओवादी र एमालेका शीर्ष नेताहरुबीच भएको गोप्यवार्ता अनुसार नै तीन दलका नेताहरुको बैठक सुरु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट