नेपाली महिला फुटबल टोली आज भारतसँग भिड्दै

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

सिलिगुडी, १८ पुस । चौथो संस्करणको दक्षिण एसियाली महिला फुटबल साफ प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा नेपाल भारतसँग भिड्दैछ ।

भारतको सिलिगुडीस्थित कञ्चाजंगा खेल मैदानमा भइरहेको खेल नेपाली समय अनुसार दिउसो सवा दुई बजे पछि हुने छ ।

समूह चरण क को अन्तिम खेलमा श्रीलंकालाई १-० गोलको अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यस अघि नै सेमिफाइनलमा पुगि सकेको भारत र बंगलादेश शनिबारको खेलसँगै गोल अन्तरका आधारमा बंगलादेश समूह विजेता भएको हो ।

समूह ख को अन्तिम खेलमा शनिबार भारत र बंगलादेश गोल रहित बराबरी खेलेपछि समूह बि बाट भारत उपविजेता बनेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट