चिसो बढेसँगै गोरखामा हिमपात

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । देशभर नै शनिबारबाट चिसो बढेपछि आइतवार बिहानबाट गोरखामा भारी हिमपात शुरु भएको छ ।

हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपात शुरु भएसँगै चिसो बढेर घर वाहिर निस्कन मुस्किल भएको स्थानियको भनाइ छ । हिमपातले चिसो बढेसँगै अस्थायी टहरामा बस्दै आएका गोरखाका भूकम्प पीडितहरु मारमा परेका छन् ।

गोरखाको सामागाँउ, ल्हो, बारपाक, लाप्राक, केरौंजा लगायतका उत्तरी गाविसमा भारी हिमपात भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट