बुरुन्डीका नियोन्कुरु मन्त्रीको गोली हानी हत्या

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

एजेन्सी
काठमाडौं, १७ पुस । आइतबार बिहानै बुजुम्बुरामा बुरुन्डीका पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको हत्या भएको छ ।

आफ्नो घर बाट रोहेरो भन्ने ठाउँमा जार्दै गर्दा एक समूहले गरेको आक्रमणमा स्थानीय समय अनुसार मध्यराती १२ः४५ बजे गोली हानी हत्या भएको हो । घटना स्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको कुरिकियले ट्विटरमा जानकारी दिएका छन्।

राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मुतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानुभुती व्यक्त गरेका छन् । उनले हत्यारालाई कडा कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् २०१५ बाट सुरु भएको हिंसाका कारण बुरुन्डीमा अहिले सम्म पाँच सय जनाको मुत्यु भएको छ भने तीन लाख बढी विस्थापित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट