काठमाडौंमा पश्चिमी वायुको प्रभावले ह्वात्तै जाडो बढ्यो

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । अघिल्ला दिनको तुलनामा अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा चिसो बढेकोे छ ।

मौसमविदहरुका अनुसार आइतबार र सोमबार दुई दिनसम्म देशभर घाम नलाग्ने र यो अवधिमा फाटफुट बर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी भेग र हिमाली भेगहरु जुम्ला, रसुवा, ताप्लेजुङ ,दोलखामा भने हिउँ परिरहेको छ ।

राजधानी लगायत देशभर फाट्टफुट्ट पानी पर्ने क्रम जारी छ । राजधानीमा शनिबारदेखि नै पानी पर्ने र रोकिने क्रम चली रहेको छ । राजधानी बाहिर शनिबार सबैभन्दा बढी ताप्लेजुङमा ६ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।

मौसम विभागका अनुसार शनिबार काठमाडौंमा अहिले सम्मकै जाडो भएको थियो । शनिबार ४.५ डिग्री न्युनतम तापक्रम रहेको काठमाडौंमा आइतबार बिहान भने ५ डिग्री न्युनतम तापक्रम मापन गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट