लाइसेन्स लिन अब आधा घण्टाभन्दा लाइन बस्नु नपर्ने

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । चालक अनुमति पत्र लाइसेन्स लिन अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नु नपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार स्वयम्भुको ठूलो भर्याङमा यातायात कार्यालयको उद्घाटन गर्दै भने याातायात क्षेत्रमा सुधारको काम थालनी भइरहेको छ । अब अधा घण्टा भन्दा बढी कार्यालयमा लाई बस्नु पर्ने वातावरण बन्दैन । उनले अब लाइसेन्स लिने सम्पूर्ण प्रक्रिया एक घण्टा भित्रै पूरा गर्ने घोषणा गरेका थिए ।

उनले अब दर्ता तथा नविकरणको काम पनि अनलाइन मार्फत नै गर्ने पनि घोषणा गरे । अनलाइनबाट आवेदन लिन सुरु गरि सकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको उनले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट