आजबाट नेपाल टेलिकमको फोर जी सेवा सुरु

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षा २०१७को अवसरमा नेपाल टेलिकमले फोर जी अर्थात चौथो जेनेरसनको मोबाइल डाटा सेवा सुरु गरेको छ ।

आजबाट पहिलो पटक नेपाल टेलिकमले काठमाडौं र पोखराबाट फोर जी सेवा सुरु गर्न लागेको हो । सोल्टी होटलमा आयोजित विशेष समारोहबाट मध्यान्ह १२ बजे फोर जी सेवाको उद्घाटन हुने भएको छ ।

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड छ भने फोर जीको न्युनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड हुने नेपाल टेलिकमको दाबी छ ।

हाल फोर जी सेवा आइफोनमा भने नचल्ने टेलिकमले जनाएको छ ।

टेलिकमले समयमै आइफोनमा फोर जी चल्ने गरी एप्पल कम्मपनीसँग समन्वय नगर्दा तत्काल आइफोनमा फोर जी सेवा सुचारु नभए पनि केहि समय पछि भने आइफोनमा पनि फोर जी सेवा चल्ने टेलिकमले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट