खाल्टोमा गाडेको अवस्थामा २ बालिका फेला

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १७ पुस । शनिबार साँझ कैलालीको अत्तरीया नगरपालीकाको चाहाना सामुदायिक वन क्षेत्रमा दुई जना शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिकाको शव फेला पारेको जनाएको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको  छ ।

स्थानीयवासीले जंगलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट