नयाँ बर्ष मनाइरहेको बेला नाइट क्लबमा हमला

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार

एजेन्सी

काठमाडौं, १७ पुस । टर्कीको इस्तानबुलस्थित नयाँ बर्ष मनाइरहेको एक नाइट क्लबमा भएको आक्रमणमा परि कम्तिमा पनि ३५ जनाको मुत्यु भएको त्यहाँको गर्भनरले जनाएको छ ।

स्थानीय समय अनुसार बिहानको १:३० बजे आक्रमणकारीले हमला गरेका थिए । यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

४० जना भन्दा बढि मानिसहरु घाईते भएको अनुमान गरिएको छ । सयौं मानिसहरु जम्मा भएको रेना नामको नाइट क्लबमा आक्रमण भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट