मधेशी मोर्चाले सोमबार देशभर विरोध प्रर्दशन गर्ने

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार देशभर विरोध प्रर्दशन गर्ने भएको छ । संविधान संशोधन नगरी हुने निर्वाचनको कुनैपनि हालतमा मान्यता नहुने भन्दै उनीहरुले विरोधको घोषणा गरेका हुन् ।

आज बिजुली बजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा सम्पन्न मोर्चाको बैठकले यस्तो घोषणा गरेको हो । सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन गरी पारित नगरिएसम्म कुनैपनि तहको निर्वाचन मान्य नहुन भन्दै देशभरनै विरोध प्रर्दशन गर्ने निर्णय गरिएको हो ।

सो दिन सबै समुदाय र पिछडीएका बर्गलाई सहभागी गराई ७५ वटै जिल्लाका सदरमुकाममा खबरदारी विरोध गर्ने समेत मोर्चाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट