युवा संघका कार्यकर्ताबाट गाडीमा आगजनी

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १५ पुस । नयाँ बानेश्वर स्थित ईन्द्रेणी कम्प्लेक्स नजिक स्कार्पियो गाडीमा आगजनी भएको छ । साथै नजिकै रहेको सुजुकी कारको सिसा पुर्ण रुपमा फुटाइएको छ ।

नेकपा एमाले निकट रहेको युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि अज्ञात समूहद्धारा गएराति ९ बजे बाँकेको कोहलपुर बजारमै खुकुरी प्रहार गरि गम्भीर घाइते बनाइएको बिरोधमा युवा संघ नेपालले २:३५ बजे बिरोध र्‍याली निकाल्ने क्रममा नयाँ बानेश्वर स्थित ईन्द्रेणी कम्प्लेक्स नजिक रोकि राखेको बा २ झ १३९२ नं. को स्कार्पियो गाडीमा आगजनी गर्नुका साथै नजिकै रहेको बा २ झ २२५५ नं. को सुजुकी कारको सिसा पुर्ण रुपमा फुटाएका हुन् ।

 

स्कार्पियोमा लगाएको आगो नेपाल प्रहरीको दमकल आएर निभाएको छ । गाडी पुर्ण रुपमा जलेको छ । ३ बजे बाट युवा संघका कार्यकर्ता पार्टी कार्यालय बुद्धनगरमा फिर्ता भएपछि स्थिति सामान्य रहेको र बाटो सुचारु भएको  छ । स्कार्पियो गाडी बागमती सभ्यता समितिको रहेको र सुजुकी कार सडक बिभागको रहेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट