यातायात मन्त्रालयले ल्यायो सडक एप्स

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १५ पुस । सडक मर्मतबारे जानकारी दिन शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स प्रविधिको सुरुवात गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडक बोर्ड नेपालले संचालनमा ल्याएको एप्सको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोर्डले आफ्नो स्थापनाको १४ वर्षको अवसरमा सडक मर्मतबारे जानकारी दिन सुचना प्रविधिको सुरुवात गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

एप्सले आम उपभोक्तालाई सडक मर्मतबारे जानकारी दिन सरल हुने उनको विश्वास छ । मन्त्री लेखकले निश्चित लक्ष्य बनाएर कामको सुरुवात गर्न पनि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सडक मर्मत हुने स्थानका बारेमा जानकारी नहुँदा सर्वसाधरणले सास्ती व्यहोरिरहनु परेका बेला विकास बोर्डले ल्याएको एप्सले सडक मर्मतबारे जानकारीका लागि एप्स संचालनमा ल्याएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट