अनुदान चामल चार वर्षदेखि गोदाममै थन्किए

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

नेपालगन्ज, १५ पुस । चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा जापान सरकारले अनुदानमा दिएको चामल थन्किएर बसेको छ ।

गोदाममा चार वर्षअघि जापानबाट अनुदानमा प्राप्त १० हजार ६ सय ६० बोरा चामल थन्किएको कार्यालयले जनाएको छ । प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट नै उक्त चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा चामल गोदाममै थन्किएको हो ।

संस्थानको गोदाममा ठूलो परिमाणको चामल भण्डारण गरिएको हुँदा किसानबाट किनेको धान राख्ने ठाउँ नभएको कार्यालय प्रमुखको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट