युवा संघका केन्द्रीय सदस्य सन्तोषमाथि खुकुरी प्रहार

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १५ पुस । बिहीबार राति नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

गए राति बाँकेको कोहालपुरमा अज्ञात समुहको खुकुरी प्रहारबाट बुढाथोकी गम्भीर घाइते भएका हुन् । उनलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

युवा संघका अनुसार बुढाथोकीको घाटिमा गहिरो चोट लागेको छ । उनलाई काठमाडौं लैजान तुरुन्तै हेलिकप्टर नमिलेका कारण उपचारका लागि भारत लगिएको युवा संघले जनाएको छ ।

बुढाथोकीमाथि आक्रमण किन र कसले गर्यो भन्ने नखुले पनि युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध एमालेले गरिरहेको आन्दोलनका कारण आफ्ना नेता माथि निरन्तर आक्रमण भइरहेको बताएको छ।

केही समय अघि मात्र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट