३५ कूटनीतिज्ञ अमेरिकाबाट देश निकाला

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

एजेन्सी

काठमाडौं, १५ पुस । ३५ रुसी कूटनीतिज्ञलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले देश निकाला गरेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा वाशिङटनस्थित दूतावास र सात फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घण्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको जनाइएको छ ।

दुई रुसी खुफिया एजेन्सीसहित ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले खुलासा गरेको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिनेछ ।  केहीलाई आर्थिक प्रतिवन्ध लगाइएको छ भने दुई रुसी परिसर बन्द गरिनेछ ।

अमेरिकी अधिकारीहरुलाई तनाव दिएको भन्दै रुसप्रती ओबामाले थप कदम उठाउने बताए ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताका अनुसार अमेरिकी कदमको उचित जवाफ दिने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट