न्यूरोडमा मोबाइल मेला महोत्सव

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । । मोबाइल हबको रुपमा चिनिने न्यूरोडमा हिजोदेखि मोबाइल महोत्सव सुरु भएको छ ।

‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने नाराका साथ अहिलसम्मकै ठूलो मेला आयोजना गरिएको आयोजक नेपाल मोबाइल व्यवसायी संघको दावी छ ।

महोत्सव पुष १९ गतेसम्म चल्नेछ ।

नयाँ वर्ष २०१७ को अवसर पारेर न्यूरोड, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजालगायतका क्षेत्रमा मोबाइल मेला लागेको हो ।

मेलामा तपाईले आफुलाई मन पर्ने विभिन्न ब्रान्डका मोबाईल सेटहरु सुपथ मूल्यमा किन्न पाउनु हुनेछ ।

मेलामा मोबाइल सेट खरिद गर्ने उपभोक्तालाई विशेष छुट र उपहारको समेत व्यवस्था गरिएको  छ ।

तस्वीर: रुपचन्द्र महर्जन


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट