चीन गएका ४ युवा २२ दिन थुनामा

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । लाखौं रुपैंया तिरेर रोजगारका लागि चीन गएका ४ जना युवक २२ दिनसम्म थुनामा परेका छन् ।

पहिले भिजिट भिसामा त्यहाँ पुगेपछि वकिंग भिसा दिने र काम लगाउने भनी चीन पसेका अछामका नवराज साउँद, भोजपुरका राजु भारती, मोरंका अर्जुन गिरी र धादिंका सन्तोष ढकाललाई भिजा सकिएपछि चिनिया प्रहरीले प्रक्राउ गरी २२ दिन सम्म थुनेको थियो ।

आफन्तबाट महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि प्रहरीको पहलमा पक्राउ परेका ४ जना २२ दिनपछि प्रहरीले बेइजिंस्थित नेपाली दुतावासको जिम्मा लगाई केहि महिना अघि नेपाल फर्किएका हुन् ।

ठगीमा संलग्न भएको आरोपमा प्रहरीले जम्प टु जम्प कन्सलटेन्सीका सञ्चालक गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई पक्राउ गरेको छ । सोमबार सिनामंगलबाट पक्राउ परेका उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरीले काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका अनुसार जम्प टु जम्प कन्सलटेन्सी दर्ता नै नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गर्दै आई रहेको खुल्न आएको छ  ।यसबारेमा थप अनुसन्धान भई रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट