अवरुद्ध विद्युत आपूर्ति सेवा सुचारु

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । एकाएक आज बिहान काठमाडौं उपत्यकामा अवरुद्ध भएको विद्युत आपूर्ति सेवा सुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मर्स्याङ्दी स्युचाटार १३२ केभीको प्रशासण लाइनको जम्पर तार चुँडिएपछि बिहान ७:२० बजेबाट अवरुद्ध भएको विदुयुत फेरी पुन सुचारु भएको हो ।

बिहान विद्युत आपूर्ति एकाएक अवरुद्ध भएलगतै बैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाईबाट विद्युत सेवा सुचारु गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट