कपिलवस्तुमा भारत तर्फबाट गोली चल्यो

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

कपिलवस्तु, १४ पुस । कपिलवस्तुस्थित कृष्णनगर भन्सारमा भारत तर्फबाट गोली चलेको छ । उक्त गोली लागि सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् ।

घाइते हुनेमा हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दिउसो करिब दुई बजे भारत तर्फबाट गोली चल्दा पुनको कुममा गोली लागेको छ भने श्रेष्ठको हातको औंलामा गोली लागेको हो । उनीहरु दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै प्रहरी जवान खतराबाट मुक्त रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका अनुसार एयर गनबाट गोली चलाइएको अनुमान गरिएको छ । प्रहरीका अनुसार गोली तस्करहरुको समुहले चलाएको अनुमान छ । गोली चलाउनेहरुको थप अनुसन्धान सहित खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार भारत तर्फबाट गोली चलेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट