प्रतिपक्षीको अवरोधसँगै आजको संसद बैठक स्थगित

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । प्रतिपक्षी दलको अवरोधका कारण आज दिउसो १ बजे बसेको संसद बैठक स्थगित भएको छ ।

एमाले सांसद वैजनाथ चौधरीले संसद बैठक सुरु भए लगत्तै ५ नं प्रदेश टुक्याउन जनताले नचाहेको भन्दै पहाड र तराई छुट्टाउने रणनीति अनुसार यस्तो प्रस्ताव आएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

सभामुख ओनसरी घर्तीले कार्यसूचीमा रहेका प्रक्रियामा टुंगो लगाउनुपर्ने भन्दै अवरोध रोक्न आग्रह गर्दा पनि विपक्षीले नमाने पछि संसद बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

संसद बैठक सोमबार  दिउसो १ बजे  बस्ने भएको छ ।

आजको बैठकमा निर्वाचन सम्बन्धित विधेयक र लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावबारे कार्यसूची रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट