रहेनन् साहित्यकार कमलमणि दीक्षित

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । नेपाली भाषा तथा साहित्यसेवी कमलमणि दीक्षिलको आज बिहान निधन भएको छ ।

ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचाररत उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिए । फोक्सोको क्यान्सरबाट पीडित उनलाई गत सोमबार अस्पताल लगिएपछि उपचारको क्रममा बिहान २:४५मा ८६ वर्षको उमेरमा निधन भएको हो । दीक्षितको आज बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ललितपुरको पाटन ढोकास्थित निवासमा बस्दै आएका उनको जन्म १९८६ भदौ कुशे औंशीका दिन काठमाडौंको गैरीधारामा भएको थियो । दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित प्रकासीत छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट