दशैंसम्ममा मेलम्ची खानेपानी घरघर पुर्याउने लक्ष्य

प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ पुस । मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ जोडिएको छ । बुधबार आयोजना अन्तर्गत सुन्दरीजल र सिन्धुबीचको ९.४ किलोमिटर सुरुङ जोडिएको हो ।

सुरुङ निर्माणमा अब कुल २७ किलोमिटर मध्ये साढे पाँच किलोमिटर सुरुङ खन्न बाँकी रहेको छ । पहिलो सुरुङमार्ग सहितको मेलम्ची टनेलको काम सकिएपछि उपत्यकाभरि मेलम्चीको पानीे पुग्ने छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सिन्धुदेखि ग्याल्थुमसम्मको २.७ किलोमिटर र ग्याल्थुमदेखि अम्बाथानसम्मको २.७ किलोमिटर सुरुङ खन्न बाँकी रहेको छ ।

सुरुङ खन्ने कार्यमा सोचेअनुसार काम भए बाँकी सुरुङ बढीमा ७ महिनामा सकिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । बैंक तथा सरकार केन्द्रित रहेको आयोजनाले दशैं सम्ममा उपत्यकाभित्र मेलम्चीको खानेपानी भित्र्याउने लक्ष्य लिएको बताईएको छ ।

हजार भन्दा बढी मजदुर र सय भन्दा बढी प्राविधिक परिचालन रहेको अवस्थामा दिनरात गरी मेलम्चीको खानेपानी उपत्यकावासीका घरघरमा पुर्याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम तिब्र गतिमा भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट