कारागारमा छुरा हानाहान

प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

वीरगन्ज, ११ पुस । वीरगन्जको कारागारभित्र बन्द कैदीहरुबीच झगडा हुदा छुरा हानाहान भएको छ । आइतबार साझ एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ । कैदीहरुले क्रिसमसको रमझम मनाई रहेको बेला घटना भएको हो ।

सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुल मुद्दाको कसुरमा सजाय काटी रहेका रौतहट घर भएका पनिलाल पण्डितले अपहरण तथा जिउ बन्धी मुद्दामा सजाय काटी रहेका वीरगन्जका राजन बानियालाई छुरा हानेका हुन् ।

प्रहरीका अनुसार बानियाको पिठ्युमा छुरा रोपिएको घाउ छ । छुरा प्रहार गर्ने पण्डित जनतान्त्रिक गोइत समूहको कार्यकर्ता समेत रहेको खुलेको छ । घाउ साने भएपनि गहिरो भएको हुनाले करंगको हड्डीलाई छोएको छ कि भन्ने डाक्टरहरुको आशंका रहेको प्रहरीले जनाएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचार पछि डाक्टरको सल्लाहमा नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ  ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट