गौ हत्या विरोधमा सुदुरपश्चिम बन्द

प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, १० पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गाई हत्या गरेको विरोध स्वरुप आइतबार सुदूरपश्चिम बन्द गरिएको छ ।

हिन्दूवादी संघसंगठनद्धारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्या संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गरेका छन् । धनगढी अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन् ।

धनगढी डडेलधुरा सडकअन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पुर्याएर छाडिएको बताइएको छ ।

यी चौपाया आफैँ मरेका हुन् वा कसैले मारेको हो भन्ने विषयमा भने पुष्टि हुन सकेको छैन । घटन सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुते सम्म पुर्याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट