आरामदायी निन्द्राका लागि खानुपर्ने खाने कुरा

प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाण्डौ, १० पुस । यदि तपाईलाइ राति निन्द्रा लाग्दैन भने तपाइको निन्द्रा पुरा हुन सक्दैन । कहिले काहि यस्तो पनि हुने गर्छ कि हामीलाई निन्द्रा त आउछ तर सुत्न सकिरहेका हुदैनौ । घडिको सुई हेर्दा हेर्दै बीहान भई सक्छ र जस्को कारण हाम्रो दिन पनि खासै राम्रो सबन्न सक्दैन । शरिर भारी हुने, टाउको दुख्ने, आखाँ पोल्ने जस्ता समस्याहरु हुन्छन् ।

निन्द्रा नलाग्ने समस्यालाई हटाउनको लागि धेरै जसो मानिसहरु औषधी खान सुरु गछर्न तर सुत्नको लागि भनेर औषधीको प्रयोग गर्नु भने राम्रो हैन ।

सबै भन्दा पहिला त तपाईलाई यो थाहा हुन जरुरी छ कि यो समस्या तपाईलाइ किन भएको छ रु यदि तपाई धेरै कुरा दिमागमा राख्नु हुन्छ, मनमा खेलाउनु हुन्छ । आफ्नो जीवनशैली अस्त व्यस्त भएका कारण पनि र कहीले काही सुत्ने ठाँउ राम्रो र सहज नहुनाले पनि यस्तो हुन सक्छ ।

यस बाहेक अरु पनि धेरै कारण हुन सक्छन् । एउटा ठूलो कारण यो पनि हो तपाईले सुत्नु अघि खानु भएको खानाको कारण पनि निन्द्रा राम्रो सँग नलाग्नुको एउटा कारण हुन सक्छ । सुत्नु भन्दा अघि के खानु हुन्छ के हुन्न यो पनि थाहा हुनु जरुरी हुन्छ ।

सुत्नु अघि अनिवार्य खानुपर्ने कुराहरुः

१. दूधः सुत्नु अघि दूध पिउनु राम्रो हुन्छ । दूध खानाले शरीरलाई आराम मिल्छ ।

२. शखरख्ण्डाः शखरख्ण्डामा कारबोहाइट्रेट र पोटासीन हुन्छ । यसले गर्दा शरीरलाई आराम मिल्छ र मिठो निन्द्रा आउछ ।

३. केराः केरामा पोटासीन हुन्छ यसले पनि निन्द्रा ल्याउनमा मदत गर्छ ।

४. चेरीः  चेरी खाएर सुत्ने गर्नाले पनि निन्द्रा राम्रो आउने गर्छ ।

यो चिजहरु सुत्नु अघि कहिले नखानुस :

राति सुत्ने बेला यस्तो खाना नखानुस जस्ते तपाईलाई भारी महसुस हुन्छ । धेरै मसला प्रयोग भएका खाना खानुका कारण निन्द्रमा समस्या पैदा हुन्छ जसको कारण तपाईलाई सुत्न पनि गारो महसुस हुन सक्छ ।

राति सुत्नु अघि रक्सी जस्ता पेयपदार्थ पिउनु उपयोगी मानिदैन, यसले गर्दा तपाईको शरीरका साथ साथै निन्द्रामा समेत खलबल हुने गर्छ । यदि सुत्नु अघि तपाईलाई रक्सी जस्ता पेयपदार्थ पिउने बानी छ भने पनि सुत्ने समय र पिउने समयमा चार घण्टाको अन्तर राख्नु जरुरी मानिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट