विद्यालयमा आगजनी

प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

फलेवास, १० पुस । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा आगजनी भएको छ ।

अज्ञात व्यक्तिको समूहले गएराति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट