विश्वलाई जोड्ने सिल्क रोड

प्रकाशित मिति: ८ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाण्डौ, ८ पुस । चीनको साङसी प्रान्तको जियाङगमा बुधबार सम्पन्न ‘सिल्करोड योङग स्कोलार्स फोरम’ नामक दुई दिने सम्मेलनमा सिल्क रोडले यातायातमाका लागि मात्र नभई यसले विश्वकै लागि उपयोगी रहेको अनुसन्धानकर्ताहरुको तर्क छ ।

सिल्करोडले यातायातलाई मात्रै नभइ एशियाको मौलिक विशेषता रहेको परम्परागत औषधिको प्रयोगमा समेत विश्वलाई जोड्न सक्ने अनुसन्धानकर्ताहरुले जोड दिएकाछन् ।

चीनको साङसी प्रान्तको जियाङगमा बुधबार सम्पन्न ‘सिल्क रोड योङग स्कोलार्स फोरम’ नामक दुई दिने सम्मेलनमा बोल्दै उनीहरुले देशको परम्परा तथा संस्कृति धान्नका लागि पनि सिल्क रोडमार्फत परम्परागत औषाधिको प्रवद्र्धन तथा विकास गर्न जरुरी रहेको निश्कर्ष निकालेका छन् ।

युवा शोधकर्ता एवं वैज्ञानिकहरुको समूहले देशको आर्थिक विकासका लागि सिल्कक रोडमार्फत परम्परागत औषधिको प्रर्वद्धन गर्न जोड दिएका छन् ।

सो दुई दिने सम्मेलनममा चीन, नेपाल, रसिया, क्यानाडा, अमेरिका लगायतका विभिन्न देशका युवा वैत्रानिक तथा वौद्धिक प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले गुणस्तरीयता, सुरक्षा तथा प्रभावकारिताका कारण पछिल्ला केही वर्षहरुमा परम्परागत औषधिको माग बढुदै गएको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट