जम्का भेट

प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, ७ पुस । दिनँहु जसो केही न केही कार्यक्रम भै रहने खुल्लामंचमा यसपालि भने यो बच्चासंग जम्का भेट भयो ।

झट्ट हेर्दा छोरो जस्तो देखिने यिनी सुस्मिता थापा हुन । बसन्तपुरमा बस्ने सुस्मिता यु.के. जी कक्षमा पढ्ने बताउँछिन् ।

झोलाभरी सूर्तीजन्य पदार्थ, चुरोट, खैनी, पराग आदि बोकी बेचबिखन गर्ने अनि बेलुका पख घर फर्केर कमाएको रकम आफ्नो आमा बुुवालाई हातमा राखीदिने यिनको दैनिकि नै रहेछ ।

यी अवोध बालिकालाई के थाहा ? यो उमेरमा अन्य सामान्य बालबच्चाहरु जस्तो बिद्यालय गई आफ्नो भविष्य निर्माणमा लाग्नु पर्नेमा स्वयम कानूनले रोक लगाएको सूर्ती जन्य पदार्थको बेचबिखनमा लागि परेकी छिन् ।

त्यसो त मञ्चमा ठूलाठूला भाषण गर्ने महोदयहरु पनि सुटुक्क मञ्चको पछि आई यिनैको हातबाट एक खिलि चुरोट सल्काउने , सुर्ती खाने गर्दा रहेछन् ।

तस्बीर : हेम राई


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट