वृद्धाश्रमलाई खानेपानीका ट्याङ्की प्रदान

प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

पोखरा, ५ पुस । लायन्स क्लब पोखरा माछापुच्छे«ले पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाको सुविधाका लागि खानेपानीको ट्याङ्की उपलब्ध गराएको छ । सोमबार आयोजित कार्यक्रममा एक हजार लिटर क्षमताको पानीट्याङ्की वृद्धाश्रममा हस्तान्तरण गरिएको हो ।

क्लबका जोन चेयर पर्सन बाबुराम गिरीले खानेपानी जस्तो अत्यावश्यक क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले समाजमा आर्थिक रुपमा सबल भएकाले कमजोर, असहाय एवम् अशक्तलाई सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सो अवसरमा ट्याङ्की सौजन्य गर्ने क्लबका निर्देशक एवम् व्यवसायी कृष्ण लामिछाने, क्लबका अध्यक्ष सुदर्शन बाटाजुलगायतले समाजमा असहाय वर्ग एवम् समुदायलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट