बाल श्रमिक राख्ने प्रतिष्ठानका प्रमाणपत्र जफत

प्रकाशित मिति: ४ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

विराटनगर, ४ पुस । विराटनगरका बिभिन्न स्थानहरुमा बाल श्रमिक राख्ने व्यावसायिक प्रतिष्ठानका व्यवसायिको प्रमाणपत्र जफत गरिएको छ ।

बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको हो ।

विराटननगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले आइतबार नगरका विभिन्न होटल, ग्यारेज, फ्रेसहाउस तथा रेस्टुरेँन्टमा अनुमन तथा निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा बाल श्रमिक पाइएका व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रमाणपत्र जफत गर्नुका साथै उनीहरुलाई पुस ७ गतेभित्र विराटनगर उपमहानगरपालिकामा सम्पर्क राख्न पत्र थमाइएको अनुगमनमा खटिएका विराटनगर उपमहानगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र प्रधानले जानकारी गराए ।

मानवअधिकार तथा वातावरण मञ्च (फरेन)को संयोजनमा भएको सो अनुगमनमा संयुक्त टोल सङ्गठन नगर समिति, ट्रेड युनियनका नेताहरु, प्रहरी तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।

गत जेठ महिनामा विराटनगर बालमैत्री नगर घोषित भएकाले यस नगरभित्र बालश्रम नसुहाउने भएकाले विराटनगर उपमहानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट