आउँदा दिनमा पनि व्यापार मेला सञ्चालन गरिने

प्रकाशित मिति: २ पुष २०७३, शनिबार

 रिपोर्टर नेपाल समाचार

पोखरा, २ पुस । शुक्रबार जलेश्वर उद्योग वाणिज्य सङ्घ महोत्तरीको प्रतिनिधिमण्डलले  पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा सञ्चालित व्यापार मेलाको अवलोकन गरेको छ ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित व्यापार मेला एवम् सङ्घका गतिविधिबारे जानकारी लिएको थियो । पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले  प्रतिनिधिमण्डलको सम्मानमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रमाथि आइपर्ने समस्याको मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

सङ्घ, उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कील नेपालको निजी क्षेत्रले आर्थिक समृद्धिका लागि खेलेको भूमिकाबारे चर्चा गरे । आउँदा दिनमा पनि उद्योग वाणिज्य सङ्घले मेला आयोजना गर्ने सोच बनाएको प्रतिनिधिमण्डलका नेता साहले जानकारी दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ, वाणिज्यतर्फका उपाध्यक्ष विन्दु सुवेदी, उपमहासचिव अर्जुन पोखरेललगायतले व्यावसायिक हकहितका अलावा दुई उद्योग वाणिज्य सङ्घबीच सम्बन्ध विस्तारका लागि आगामी दिनमा सम्पर्क र सहकार्य बढाइने जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट