चितवन मत्स्य महोत्सव २०७३ सुरु

प्रकाशित मिति: २ पुष २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार

चितवन , २ पुस । शुक्रबारदेखि दोस्रो चितवन मत्स्य महोत्सव २०७३  सुरु भएको छ । भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

महोत्सवमा आधुनिक प्रविधियुक्त माछा पोखरी, माछा र थारु विशेष खानाका परिकार तथा माछा बनाउने तथा खाने तरिकाबारे जानकारी दिइएको छ । महोत्सवमा ४५ कक्ष छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट