किन फेरियो २० रुपैयाँको नोट ?

प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । जनावरको चित्र परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको हो ।

अब २० को नयाँ नोटमा १२ सिङ्गेको चित्र आएको छ । यसअघिको चित्र १२ सिङ्गेको हो वा होइन भन्ने बिबाद निस्केपछि राष्ट्र बैंकले नेपालमै खिचिएको जनावरको चित्र खिचेर नोट ल्याएको छ ।

यो नयाँ नोट आजदेखि चलनचल्तीमा आएको राष्ट्र बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट