विकासशील मुलुकमा स्तरोन्नतिका थप सुधार आवश्यकः प्रतिवेदन

प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, १ पुस । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (युएनसिटीएडी)ले अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सामाजिक एवम् आर्थिक क्षेत्रको सुधारमा विशेष ध्यान दिनुपर्ने सुझाएको छ ।

युएनसिटिएडीले तयार पारेको अतिकम विकसित मुलुकसम्बन्धी २०१६ को प्रतिवेदनले नेपालले सन् २०२० सम्ममा स्तरोन्नति हुनका लागि आर्थिक वृद्धिदरलगायतका मुद्दामा थुप्रै सुधार आवश्यक रहेको जनाएको हो ।

प्रतिवेदनका अनुसार सन् २०१२ देखि विश्वका अतिकम विकसित मुलुकको कुल गार्हस्थ्य उत्पादनमा भारी कमी आई सन् २०१५ मा ३.६ प्रतिशतमा कायम भएको छ । एलडिसीबाट स्तरोन्नति हुन सन् २०११ देखि २०२० सम्म प्रत्येक वर्ष सात प्रतिशतको आर्थिक वृद्धिदर आवश्यक हुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका वरिष्ठ अर्थशास्त्री वासुदेव गुहा खास्नोविसका अनुसार पछिल्लो चार वर्षयताको अवस्थालाई अवलोकन गर्दा एलडिसी मुलुकको आर्थिक वृद्धिदर सन् २०१६ मा ४.५ प्रतिशत, २०१७ मा ५.७ प्रतिशत रहनेछ । जुन एलडिसी मुलुकका लागि तयार पारिएको इस्तानबुल कार्ययोजनाअनुसार न्यून हो ।

उनका अनुसार गरिबीको कष्ट, व्यापारिक झमेला, न्यून उत्पादनजस्ता समस्यामा एलडिसी मुलुक रहेकाले स्तरोन्नतिका लागि समस्या छ । अर्थशास्त्री खास्नोविसले एलडिसीबाट स्तरोन्नति भनेको आर्थि


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट