नाबालकका लागि सहयोगकको याचना

प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

पाँचथर, १ पुस । तेह्रथुम आठराई सङ्क्रान्तीस्थित सिरुपानी दलित बस्तीका एक नाबालक साहाराविहीन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।

बच्चा जन्मेको चार महिनामा नै पिता खगेन्द्र लोहार भारत गएर सम्पर्क बिहीन भएको र जन्डिसका कारण आमासमेत मृत्यु भएपछि नाबालक सन्दिप लोहार अहिले सहाराविहीन बनेका छन् ।

उनलाई अहिले पाँचथर फिदिम– १ मा बस्दै आएकी सानीआमा पवित्रा लोहारले हेरचाह गर्दे आएकी छिन् । अक्षयकोष स्थापना गरी ती बालकलाई सहयोग गर्ने उद्देश्यले सबैसित सहयोगका लागि आग्रह गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले जानकारी दिए । उनले भने, ‘अहिले देश विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सञ्जाल मार्फत सहयोगका लागि हार्दिक अनुरोध गरेको छु ।’

जाडोयामबाट बच्नका लागि ती बालकलाई न्यानो कपडासमेत उनले प्रदान गरे हो । यस्तै उद्योग वाणिज्य सङ्घ पाँचथरका कार्यकारी अधिकृत नवराज घिमिरेले बालकको सहयोगका लागि रु पाँच हजार सहयोग गर्ने बताए । आर्थिक अवस्था कमजोर भएका कारण सो बालकका सानी आमाले बच्चाको लालनपालन र शिक्षादिक्षाका निम्ति सबैसित सहयोगको याचना गरेकी छिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट