आफैंले खाएको चुरोट कपडामा सल्किदा वृद्धाको मृत्यु

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

पोखरा, ३० मंसिर । पोखरामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।

पोखरा १२ माटेपानी बस्ने वर्ष ८७ की लिला भण्डारीको आगोले जलेर मृत्यु भएको हो । आफैंले खाएको चुरोट लगाएको कपडामा सल्किएपछि आगोले जलेको उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगोले जलेर घाइते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट