कपिलवस्तुमा कंकाल फेला

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

कपिलवस्तु,३० मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा एउटा शवको कंकाल फेला परेको छ । शिवराज नपा ३, स्थित सुपादेउराली मन्दिरदेखि करीब ५ सय मिटर पूर्व बेल नदी र जवाई खोलाको दोभानमा शव फेला परेको हो ।

नयाँवस्तीका स्थानीय घाँस काट्न जंगलमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको जानकारीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगेको थियो । फेला परेको शव सडेर कंकाल बनिसकेको प्रहरीले जानकारी दिएको छ ।

शरीरको मासु सबै गलीसकेको, टाउको छुट्टएिको, कपाल समेत झरेको अवस्थामा कंकाल मात्र बाँकी थियो । कंकाल पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट