क्यान्सर पीडित थपलियालाई आर्थिक सहयोग

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ मंसिर । विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले रु ४६ हजार सहयोग सहित सम्मान गरेको छ ।

गोरखा पर्यटनका संस्थापक अध्यक्ष समेत रहनुभएका थपलियाको स्वास्थ्यलाभको कामनासहित सो सम्मान गरिएको हो । उनको मुखको क्यान्सरको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएपछि उपचार गराइराख्नु परेको परिवारले जनाएको छ ।

शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचारार्थ थपलियालाई आज अस्पताल पुगी नाटोजको टोलीले सहयोग रहकम हस्तन्तरण गरेको थियो ।

नाटोजले पर्यटन पत्रकारमा आइपर्ने समस्या निराकरण गर्न विगतमा पनि सहयोग गर्दै आएको र सोहीबमोजिम थपलियाको उपचारमा सहयोग रकम प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले बताए ।

पर्यटन पत्रकारितामा तीन दशकदेखि संलग्न ६८ वर्षीय थपलिया बिगत नौ महिनादेखि उपचाररत छन् । सुरुमा मुखको क्यान्सरबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराएका थपलिया अहिले डेढ महिनादेखि शिक्षण अस्पतालमा छन् । थपलिया १५ दिनदेखि बोल्न नसक्ने अवस्थामा रहेको उनकी धर्मपत्नी गीता थपलियाले जानकारी दिईन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट