संविधान संशोधन बिरोधमा बन्द आह्वान

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
कैलाली,२४ मंसिर । संघीय गठबन्धन तथा थरुहट/थारुवान संघर्ष समिति कैलालीले संविधान संशोधनको बिरोधमा बन्द आह्वान गरेको छ ।

पुष्पकमल दाहाल सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वी झापा, मोरङ, सुनसरीबिनाको संविधान संशोधनको बिरोधमा आह्वान गरेको कैलाली/कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको हो ।

बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, बजार व्यवसाय र विद्यालय बन्द छन् । लामो तथा छोटो दुरीमा सञ्चालन हुने सवारीसाधन नचल्दा यात्रुको बिचल्ली भएको छ । विगत तीन दिन देखि बढेको चिसोका कारण गन्तव्यसम्म पुग्न यात्रुलाई कठिनाई भएको छ ।

यसअघि मंसिर २२ र २३ गते एमालेले प्रधानमन्त्री कैलाली आएको बेला संविधान संशोधनको विषयलाई लिएर बन्द गराएका थिए । लगातारको बन्दले जनजीवन झनै प्रभावित भएको छ । बन्दमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, कूटनीतिक नियोग, पत्रकारलाई अवरोध गरिएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट