सरकार परिवर्तन सम्बन्धी हल्ला हावादारी : नेता सिटौला

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
मोरङ, २३ मंसिर । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका हुन् । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उनले टिप्पणी गरे ।

नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ भने । उनले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गरे । सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै उनले भने  समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट