संशोधन प्रस्तावको विषयले समस्या : मन्त्री शाही

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
पोखरा, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार संकटमा परेको बताएका छन् । कांग्रेस कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउदैं “संशोधनले कमसेकम एउटा पक्ष खुसी हुनुपर्नेमा, संशोधनबाट आन्दोलनरत पक्ष समेत सन्तुष्ट नरहेको सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट रहेको बताए । उनले प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गर्दै पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने बताए । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गरे । कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट