नेपालगञ्जमा महिन्द्राको ‘बिग बोलेरो’

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

नेपालगञ्ज । नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको आधिकारिक बिक्रेता भुसाल इन्टरनेसनलमार्पmत महिन्द्राको नयाँ बिगबोलेरो पिकअपका साथै टियुभी ३ सय र केयुभी १ सय गाडीहरू अब नेपालगञ्जबाटै उपलब्ध हुने भएको छ । उक्त ३ वटै गाडीहरू महिन्द्राका लोकप्रिय मोडलहरू मध्येका हुन् ।

नयाँ बिगबोलेरो पिक–अप नेपालमै सर्वाधिक बिक्री हुने बोलेरो पिक–अपको नयाँमोडल हो । उक्त ३ गाडीहरूसँगै नेपालगञ्जका ग्राहकहरूले भुसाल इन्टरनेसनल मार्फत महिन्द्राका उत्कृष्ट सेवाहरू पनि प्राप्त गर्ने छन् । उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टिरियर, तथा सजिलो ह्यान्डलिङका साथै ह्याचब्याक गाडीको मूल्यमा एययुभी गाडीको अनुभव प्रदानगर्ने केयुभी १ सय ग्राहकहरू माझ एउटा नौलो प्रस्तुतिका रूपमा कम्पनी ल्याएको हो ।

त्यसैगरी ‘ब्याटल ट्यांक’को डिजाइनबाट प्रेरित टियुभी ३ सयले ‘टफ’, ‘बोल्ड’ तथा ‘स्टाइलिस’ ट्रियु–ब्लु सवको व्यक्तित्वका साथै महिन्द्राको बलियो र ‘रगेड्’ डिएनए पाएको छ । साथै, बिगबोलेरो पिक अपले भने नेपाली बाटोहरूमा सहज र सरल रूपमा गुडाउन सकिने बिग कार्गो बक्स (९ फिट लङ), १५ सय केजी, १२ सय ५० केजी बिग पेलोड, बिगपावर र बिग कम्फर्टेबल क्यबिनजस्ता बिग फिचर्स प्रदान गर्नेछ ।

अग्निइन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीसमक्ष सफतापूर्वक पु¥याउँदै आई आफ्ना सेवाहरू सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टीयुटिलिटी गाडीहरूको बिक्रेताको रूपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट