क्यासी उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

काठमाडौं । एसिया प्रशान्त क्षेत्रहरूका उद्योग वाणिज्य समूहको सर्वोच्च छाता संगठन कन्फडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यासी) को उपाध्यक्षमा पुनः प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ २१ देखि २५ नोभेम्बर, २०१६ सम्म ताइवानमा सम्पन्न भएको ३०औँ सम्मेलन तथा ५०औँ वार्षिकोत्सवबाट निर्वाचित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशकसमेत हुन् । एसिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बंगलादेश, हङकङ, अस्ट्रेलिया, मलेसिया, सिंगापुरलगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरू सदस्य रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट