सिटिजन्सको हकप्रद सेयर निष्कासन हुँदै

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १०औँ वार्षिक साधारणसभाको निर्णयअनुसार बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रवन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड, नक्साललाई आप्mनो बिक्री प्रवन्धक नियुक्त गरेको छ । सोमबार सिटिजन्स बैंक र सानिमा क्यापिटल लिमिटेड बीच भएको सम्झौताअनुसार १ करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सिटिजन्सले क्यापिटललाई जिम्मा दिइएको हो । उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद सेयरको वाँडफाँडपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार पुग्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट